sushil koirala death

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

काठमाडौं: कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ । काठमामाडौंको महाराजगञ्जस्थित भतिजा सशांक कोइरालाको घरमा सोमबार राति १२ बजेर ३० मिनेटमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
Sushil-Koirala_285717747×
प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता उनी लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित थिए । गत वर्षमात्रै कोइरालाको अमेरिकाको न्यूयोर्कमा क्यान्सरको लामो उपचार भएको थियो ।
फागुन २० देखि २३ गतेदेखि हुन लागेको १३ औं महाधिवेशनका लागि कांग्रेस देशभर व्यस्त भएका बेला कोइरालाको निमोनियबाट निधन भएको हो ।
कोइरालको स्वास्थ्यमा सोमबार दिउँसोबाटै समस्या देखिएको थियो । उनलाई दिउँसोबाटै श्वास फेर्न कठिन भएको पारिवारिक श्रोतले जानकारी दिएको थियो ।
को हुन् सुशील
कोइराला नेपालका ३७ औं प्रधानमन्त्री भएका थिए । कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
उनैको नेतृत्वको सरकारका असोज ३ गते नेपालको नयाँ संविधान जारी गरेको थियो । संविधान जारी भएपछि उनी सरकारबाट बाहिरिएका थिए ।
उनको जन्म सन् १९३९ मा पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको थियो । सुशील अविवाहित थिए। वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा नेपालगन्ज पुगेपछि कोइराला त्यहीँ हुर्केका थिए ।
सुशील विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई उनी २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment